Main work 2076-11-03
जिल्लाको शान्ति सुरक्षा, अमनचयन र सुव्यवस्थाका लागि नेपाल सरकारको जिल्ला स्थित प्रतिनिधिको रुपमा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम भएको कानूनी व्यवस्था अनुरुप निम्न कार्यहरु गर्न/गराउन यो कार्यालय स्थापना भएको हो ।
- जिल्लामा शान्ति सुरक्षा, अमनचयन कायम गर्ने ।
- नयाँ नागरिकता तथा नागरिकता प्रतिलिपी प्रदान गर्ने ।
- नावालक परिचयपत्र प्रदान गर्ने ।
- राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा राष्ट्रिय परिचयपत्र वितरण गर्ने ।
- राहदानीको विवरण संकलन तथा राहदानी वितरण गर्ने ।
- संस्था दर्ता तथा नविकरण गर्ने ।
- पत्रपत्रिका दर्ता गर्ने ।
- छापाखान सञ्चालन सम्बन्धी कार्य गर्ने ।
- शैक्षिक प्रमाणपत्र (SLC / SEE र कक्षा १२ सम्म) को नामथर/उमेर फरक परी सच्याउन सिफारिस गर्ने ।
- कुनै व्यहोरा प्रमाणित गर्ने ।
- हातहतियार इजाजत/नामसारी/नविकरण/इजाजतपत्रको प्रतिलिपी सम्बन्धी कार्य गर्ने ।
- शान्ति सुरक्षा, ठाडो उजुरी, गुनासो तथा अन्य निवेदन सम्बन्धी कार्य गर्ने ।
- भारतीय पेन्सन प्रयोजनार्थ नामथर/जन्ममिति/पारिवारिक विवरण लगायत पेन्सनसँग सम्बन्धित कार्य गर्ने ।
- आदिबासी जनजाती/दलित/मधेशी प्रमाणित गर्ने ।
- ड्रोन अनुमति सम्बन्धी कार्य गर्ने ।
