Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Kanchanpur

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Kanchanpur

Saturday, Jestha 30, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Citizenship Chart wit Room no 2076-11-05

अनुसूची -२

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको नागरिक वडापत्र (Citizen Charter)

क्र.स.

सेवा सुविधाहरुको विवरण

आवश्यक पर्ने कागजपत्रहरु / प्रमाणहरु

लाग्ने समय

लाग्ने राजश्व

जिम्मेवार कर्मचारी/

कोठा नं

कोठा नं.

गुनासो सुन्ने अधिकारी

कैफियत

नागरिकता/नागरिकता प्रतिलिपि

 

१०७

 

१.१

वंशजको नागरिकता

 

 

 

 

 

 

 

 

 

 

  1. अनुसूची-१ बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयको सिफारिस सहितको निवेदन
  2. बावु/आमाको वा तीन पुस्ताभित्रका नातेदारको नागरिकताको छायाँप्रति
  3. बाबु/आमा बाहेक तीन पुस्ताभित्रका अन्य नातेदारको नागरिकता पेश गर्नेको हकमा नाता प्रमाणित ।
  4. जन्मदर्ता / शैक्षिक प्रमाणपत्रको छायाँप्रति ।
  5. हालसालै खिचेको २ प्रति अटो साइजको फोटो ।
  6. सनाखत गर्ने व्यक्तिको सक्कल नागरिकता ।

आवश्यक कागजात पेश भएमा सोही दिन

रु. १० को टिकट

सम्बन्धित प्रशासकीय अधिकृत

१०७

(काउन्टर

नं. १)

स.प्र.जि.अ.

पेश गरिएका सबै छायाँप्रतिहरुको सक्कल देखाउनुपर्नेछ। बावु/आमा वा तीनपुस्ताभित्रका नातेदार उपस्थित भई सनाखत गर्नुपर्ने

 

१.२

बसाइ सरी आएकाको लागि

  1. माथिका प्रमाणपत्रको साथ बसाइसराईको प्रमाणपत्र वा सम्बन्धित वडा कार्यालयको स्थायी बसोबास प्रमाणित गरिएको पत्र समेत ।

 

 

 

१०७

(काउन्टर

नं. १)

 

 

१.३

विवाहित महिलाको लागि

  1. वंशज नागरिकताको महल बुँदा नम्बर १.१ मा उल्लेखित प्रमाणको अतिरिक्त विवाह दर्ता प्रमाणपत्र र पति वा ससुराको नागरिकताको छायाँप्रति ।

 

 

 

१०७

(काउन्टर

नं. १)

 

पति/सासु / ससुरा / एकाघरको देवर/जेठाजुको सनाखत ।

१.४

कर्मचारी परिवारको लागि

  1. माथि उल्लेखित प्रमाणहरुको अतिरिक्त अनुसूची -१ थप १ प्रति, सम्बन्धित कार्यालयको सिफारिस पत्र र फोटो ३ प्रति।
  2. कर्मचारी संकेत नं. उल्लेख भएको परिचयपत्रको छायाँप्रति ।

 

 

 

 

 

 

 

 

१०७

(काउन्टर

नं. १)

 

बाबु/आमा वा तीनपुस्ताभित्रका नातेदार उपस्थित भई सनाखत गर्नुपर्ने ।

 

 

 

१.५

जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न

  1. अनुसूची-१ बमोजिमको ढाँचामा वडा कार्यालयको सिफारिस सहितको निवेदन
  2. जन्मदर्ता प्रमाणपत्र
  3. बाबु र आमा दुबैको नागरिकता प्रमाणपत्र
  4. पारिवारिक विवरण
  5. फोटो सहितको नाता प्रमाणित
  6. बसोबास प्रमाणित

आवश्यक कागजात पेश भएमा सोही दिन

रु. १० को टिकट

सम्बन्धित प्रशासकीय अधिकृत र नासु

१०७(काउन्टर नं. १) /

१०३

 

स.प्र.जि.अ.

पेश गरिएका सबै छायाँप्रतिहरुको सक्कल देखाउनुपर्नेछ ।

१.६

नेपालको नागरिक आमाबाट नेपालमा जन्मभई नेपालमानै बसोबास रहेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न

  1. अनुसूची-१ बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालयको सिफारिस सहितको निवेदन
  2. जन्म दर्ता प्रमाणपत्रको छायाँप्रति
  3. आमाको नागरिकता प्रमाणपत्रको छायाँप्रति
  4. आमा जीवित नभएमा मृत्यु दर्ता प्रमाणपत्र
  5. आमा र सन्तानको फोटो सहितको नाता प्रमाणित
  6. पारिवारिक विवरण
  7. बाबुको पहिचान हुन नसकेको व्यक्तिले अनुसूची-४क. बमोजिम र निजको आमाले अनुसूची-४ख. बमोजिमको ढाँचामा गरेको स्वघोषणा
  8. निजको जन्म नेपालमा भई नेपालमानै बसोबास गर्दै आएको र बाबुको पहिचान हुन नसकेको व्यहोरा खुल्ने सम्बन्धित स्थानीय तहको सिफारिस
  9. आमाको होस ठेगानमा नरहेको अवस्थामा स्वीकृत चिकित्सकले गरेको सिफारिस

आवश्यक कागजात पेश भएकोमा सोही दिन र नभएकोमा पेश  भएको दिन ।

 

रु. १० को टिकट

स.प्र.जि.अ. सम्बन्धित प्रशासकीय अधिकृत

१०३/

१०७

(काउन्टर नं. १)

प्र.जि.अ.

पेश गरिएका सबै छायाँप्रतिहरुको सक्कल देखाउनुपर्नेछ ।

१.७

बैवाहिक अंगीकृत नागरिकता

  1. बैवाहिक अंगीकृत नागरिकताको प्रमाणपत्र पाउँ भन्ने अनुसूची -७ बमोजिमको ढाँचामा सम्बन्धित वडाको सिफारिस
  2. पतिको नागरिकताको छायाँप्रति ।
  3. विवाह दर्ता प्रमाणपत्रको छायाँप्रति ।
  4. विदेशी नागरिकता त्याग्ने कारवाही चलाएको निस्सा
  5. जन्ममिति खुल्ने प्रमाणपत्रको छायाँप्रति ।
  6. पति वा सासु वा ससुरा वा जेठाजु वा देवरको सनाखत
  7. सनाखत गर्नेको सक्कल नागरिकता प्रमाणपत्र
  8. अटो साइजको फोटो २ प्रति ।
  9. निवेदकको राष्ट्रियता खुल्ने कागज/प्रमाण ।

आवश्यक कागजात पेश भएमा सोही दिन

रु. १० को टिकट

स.प्र.जि.अ. / सम्बन्धित प्रशासकीय अधिकृत

१०७(काउन्टर नं. १)  / १०३

 

प्र.जि.अ.

पेश गरिएका सबै छायाँप्रतिहरुको सक्कल देखाउनुपर्नेछ।

१.८

विदेशी पुरुष सँग विवाह गरेकी नेपाली महिला नागरिकका सन्तानले पाउने अङ्गीकृत नागरिकता

  1. अनुसूची ७ बमोजिमको ढाँचामा वडा कार्यालयको सिफारिस सहितको निवेदन ।
  2. आमाको नागरिकता प्रमाणपत्र
  3. जन्मदर्ता
  4. आमा र सन्तानको फोटो सहितको नाता प्रमाणित
  5. आमाको विवाहदर्ता
  6. बसोबास प्रमाणित
  7. पारिवारिक विवरण
  8. अनुसूची-७क. बमोजिमको स्वघोषणा
  9. निवेदकको बाबुको राष्ट्रियता खुल्ने कागज/प्रमाण

आवश्यक कागजात पेश भएमा कार्यालयबाट निर्णय भएकै दिन गृह मन्त्रालयमा सिफारिस गरिने

रु. १० को टिकट

स.प्र.जि.अ. सम्बन्धित प्रशासकीय अधिकृत

१०७

(काउन्टर नं. १) / १०३

 

प्र.जि.अ.

पेश गरिएका सबै छायाँप्रतिहरुको सक्कल देखाउनुपर्नेछ ।

१.९

प्रतिलिपि नागरिकता

  1. प्रतिलिपि नागरिकता पाउँ भन्ने तोकिएको ढाँचामा सम्बन्धित वडाको सिफारिस ।
  2. पुरानो नागरिकता वा सोको छायाँप्रति वा नागरिकता नम्बर र जारी मिति खुल्ने कागज/प्रमाण(राष्ट्रिय परिचय पत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा, फोटो सहितको मतदाता नामावली आदि)
  3. अन्य जिल्लाबाट जारी भएको नागरिकताको हकमा बसाइसराईको प्रमाणपत्र
  4. अटोसाइजको फोटो २ प्रति ।

आवश्यक कागजात पेश भएमा सोही दिन

रु. १० को टिकट

सम्बन्धित प्रशासकीय अधिकृत र ना.सु.

१०७

(काउन्टरनं. २)

स.प्र.जि.अ.

पेश गरिएका सबै छायाँप्रतिहरुको सक्कल देखाउनुपर्नेछ ।

२.

गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र

  1. अनुसूची-८ ग बमोजिमको ढाँचामा वडा कार्यालयको सिफारिस सहितको निवेदन
  2. आफु वा आफ्नो बाबु, आमा, बाजे वा बज्यैको नागरिकताको छाँयाप्रति
  3. विदेशी मुलुकको नागरिकता/नागरिक भएको प्रमाण
  4. नेपालको नागरिकता त्याग गरेको भए प्रमाण/ नत्यागेको भए सक्कलै नागरिकता प्रमाणपत्र
  5. हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानी
  6. तीनपुस्ता भित्रको सनाखत गर्ने व्यक्ति

 

 

 

 

 

 

आवश्यक कागजात पेश भएमा सोही दिन

 

रु. १० को टिकट

प्रजिअ, स.प्र.जि.अ., सम्बन्धित प्रशासकीय अधिकृत

१०३/

१०७

(काउन्टर नं. १)

प्र.जि.अ.

पेश गरिएका सबै छायाँप्रतिहरुको सक्कल देखाउनुपर्नेछ ।

अनुसूची-८घ. बमोजिमको प्रतिबद्धतापत्र तथा अनुसूची-८च. बमोजिमको सपथगर्नुपर्नेछ ।

 

३.

राहदानी

१०१

 

 

३.१

यस कार्यालयमा आवेदन बुझाई यसै कार्यालयबाट राहदानी लिनको लागि ।

  1. राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र सम्बन्धी आवेदन रुजु फारामको छायाँप्रति
  2. http://emrtds.nepalpassport.gov.np मा Online फाराम भरी सोको Print Copy.
  3. सक्कल नागरिकता / नावालक परिचयपत्र सहित सम्बन्धित व्यक्ति ।
  4. बसाइ सरी आएकाको हकमा बसाइँसराइको प्रमाणपत्र ।
  5. विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र ।
  6. नावालकको हकमा बाबु/आमाको नागरिकता प्रमाणपत्रको छायाँप्रति
  7. पहिले MRP/E-Passport लिएको भए सोको सक्कल वा प्रतिलिपि ।
  8. तोकिएको दस्तुर ।

 

  1. फाराम बुझ्ने काम सोही दिन
  2. राहदानी बितरण गर्ने कार्य SMS बाट सूचित गरिने।

नयाँ राहदानी/ नवीकरण दस्तुर रु. ५०००/- ।

१० वर्ष भन्दा कम उमेरका नावालको हकमा रु. २५००/- ।

हराएको/च्यतिएको/संशोधन गर्नुपर्ने भए दोब्बर दस्तुर ।

सम्बन्धित प्रशासकीय अधिकृत र ना.सु.

१०१

(काउन्टर नं. ४)

स.प्र.जि.अ.

पेश गरिएका सबै छायाँप्रतिहरुको सक्कल समेत देखाउनु पर्नेछ ।

३.२

बनिसकेको राहदानी प्राप्त गर्नको लागि आवश्यकपर्ने कागजात।

  1. सक्कल नागरिकता वा नावालक परिचयपत्र सहित सम्बन्धित व्यक्ति ।
  2. सम्बन्धित व्यक्ति उपस्थित हुन नसकेमा निजको मञ्जुरिनामा र लिन आउने व्यक्तिको सक्कल नागरिकता

सोही दिन ।

निःशुल्क

 

१०१

(काउन्टर नं. ४)

 

 

४.

नावालक परिचयपत्र

  1. तोकिएको ढाँचामा सम्बन्धित वडाको सिफारिस ।
  2. जन्म दर्ता प्रमाणपत्रको छायाँप्रति
  3. बाबु वा आमाको नागरिकता प्रमाणपत्रको छायाँप्रति ।
  4.  आमाको नागरिकता प्रमाणपत्रमा पतिको नाम उल्लेख नभएको अवस्थामा विवाह दर्ता प्रमाणपत्र
  5. सम्बन्धित व्यक्ति
  6. हालै खिँचिएको ३ प्रति फोटो ।
  7. नेपाल बाहिर जन्म भएको भए अस्पतालको जन्म प्रमाणपत्र र निजको राहदानीको छायाँप्रति ।
  8. बाबु आमाको नागरिकता भन्दा फरक ठेगाना उल्लेख भई सिफारिस भएको हकमा बसाई सराइको प्रमाणपत्र

आवश्यक कागजात पेश भएमा सोही दिन

 

रु. १० को टिकट

सम्बन्धित प्रशासकीय अधिकृत र ना.सु.

१०७

(काउन्टर नं. २)

स.प्र.जि.अ.

पेश गरिएका सबै छायाँप्रतिहरुको सक्कल देखाउनुपर्नेछ ।

५.

राष्ट्रिय परिचयपत्र सम्बन्धी

  1. सक्कल नागरिकता प्रमाणपत्र सहित सम्बन्धित व्यक्ति 
  2. विवाहितको हकमा सक्कलै विवाहदर्ता प्रमाणपत्र / विवाह प्रमाणित ।(विवाहित महिलाको नागरिकतामा पतिको नाम उल्लेख भएको भए विवाहदर्ता प्रमाणपत्र आवश्यक नपर्ने )
  3. नागरिकतामा जन्ममिति नखुलेको हकमा जन्ममिति खुल्ने कागज/प्रमाण (जन्मदर्ता, शैक्षिक प्रमाणपत्र)
  4. नागरिकता भन्दा फरक ठेगाना राख्नु परेमा बसाईसराइ प्रमाणपत्र) ।

आवश्यक कागजात पेश भएमा सोही दिन

रु. १० को टिकट

सम्बन्धित प्रशासकीय अधिकृत र ना.सु.

१०४

(काउन्टर नं. ३)

स.प्र.जि.अ.

पेश गरिएका सबै कागजात सक्कलैपेश गर्नुपर्नेछ ।

संस्था दर्ता/नवीकरण

२०५

 

 

६.१

संस्था दर्ता ।

  1. संस्था स्थापनार्थ संस्थासँग सम्बन्धित आमभेलाको निर्णय ।
  2. आमभेलाबाट गठित तदर्थ/कार्य समितिको निर्णय, कार्य समितिका सम्पूर्ण पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको छायाँप्रति ।
  3. व्यक्तिगत विवरण
  4. सम्बन्धित स्थानीय तहको सिफारिस
  5. स्वीकृत ढाँचामा विधान-३ प्रति ।
  6. रीतपूर्वकको निवेदन (अनुसूची १)
  7. सरकारी कोषबाट तलब प्राप्त गर्ने व्यक्तिहरु तदर्थ समितिका सदस्य रहेका भए विभागीय स्वीकृति ।
  8. तदर्थ समितिको विधान अनुमोदन गरिएको सम्बन्धी निर्णय ।

आवश्यक जाँचबुझ टुङ्गिई कार्यालयबाट संस्था दर्ता गर्ने निर्णय भएकै दिन।

रु.१०००

सम्बन्धित प्रशासकीय अधिकृत र ना.सु.

२०५

स.प्र.जि.अ.

पेश गरिएका सबै छायाँप्रतिहरुको सक्कल देखाउनुपर्नेछ ।

६.२

संस्था नवीकरण

 

  1. संस्थाको वार्षिक साधारण सभाको निर्णयको छायाँप्रति
  2. लेखा परीक्षण प्रतिवेदन (प्रत्येक आ.व.को)
  3. संस्थाको वार्षिक प्रगति विवरण
  4. सम्बन्धित स्थानीय तहको सिफारिस पत्र ।
  5. कर चुक्ता प्रमाणपत्र (प्रत्येक आ.व. खुल्ने गरी)
  6. संस्थाको लेटरप्याडमा निवेदन ।
  7. तोकिए बमोजिम नवीकरण शुल्क
  8. कार्यसमितिको नवीकरण गर्ने निर्णयको छायाँप्रति ।
  9. कार्यसमितिका पदाधिकारीहरुको नयाँ निर्वाचन भएको भए सोको नामावली ।

आवश्यक कागजात पेश भएमा सोही दिन

असोज मसान्त सम्म रु.५००/-

म्याद नाघी आएमा नियमानुसार जरिवाना

सम्बन्धित प्रशासकीय अधिकृत र ना.सु.

२०५

पेश गरिएका सबै छायाँप्रतिहरुको सक्कल देखाउनुपर्नेछ ।

७.

पत्र पत्रिका दर्ता

  1. प्रकाशकको ४ प्रति फोटो र नागरिकताको छायाँप्रति
  2. प्रकाशक संस्था भए संस्थाको छाप, प्रबन्धपत्र वा संस्थाको स्वीकृत विधान, प्रमाणपत्र नवीकरण भएको प्रमाण, कर तिरेको प्रमाण, लेखा परीक्षण प्रतिवेदन, सञ्चालकहरुको बैठकको निर्णय समेतका कागजातको छायाँप्रति ।
  3. सञ्चालकहरु सबैको नागरिकताको छायाँप्रति ।
  4. सम्पादकको नागरिकताको छायाँप्रति ।
  5. सम्पादको शैक्षिक योग्यताको (SLC देखि स्नातक तह सम्मको) मार्कसिट, चारित्रिक प्रमाणपत्र र प्रोभिजनल सर्टिफिकेटका प्रतिलिपिहरु वा एस.एल.सी. उत्तीर्ण गरि पत्रकारितामा १० वर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्र समेतका प्रमाणपत्रहरुको छायाँप्रति
  6. सम्पादकलाई प्रकाशकले नियुक्त गरेको कागजात तथा पत्रिकामा सम्पादक रही काम गर्ने बारेको सम्पादकको मञ्जुरीनामाको कागज
  7. स्वीकृत छापाखानाबाट पत्रिका छाप्न मञ्जुरीनामा दिएको पत्र ।
  8. छापाखाना दर्ता भएको प्रमाणपत्रको छायाँप्रति ।
  9. छापाखानाको प्रबन्धपत्र र छायाँप्रति
  10. छापाखानलाई जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति दिएको प्रमाणपत्रको छायाँप्रति ।
  11. छापाखानाले कर तिरेको प्रमाणपत्रको छायाँप्रति ।

सम्पादक र प्रकाशकको चालचलन तथा आचरण बारेमा प्रहरी प्रतिवेदन प्राप्त भई जाँचबुझ टुङ्गिई कार्यालयबाट संस्था दर्ता गर्ने निर्णय भएकै दिन।

छापाखाना तथा प्रकासन ऐन, २०४८ र नियमावली, २०४९ बमोजिम।

सम्बन्धित प्रशासकीय अधिकृत

२०८

स.प्र.जि.अ.

पेश गरिएका सबै छायाँप्रतिहरुको सक्कल देखाउनुपर्नेछ ।

८.

छापाखाना सञ्चालन सम्बन्धी ।

  1. छापाखाना दर्ता प्रमाणपत्रको छायाँप्रति
  2. कुनै संस्था वा संञ्चालकहरु रहेको भए संस्था वा सञ्चालकहरुको निर्णयको छायाँप्रति र स्वीकृत विधान तथा अन्य प्रमाणको छायाँप्रति तथा संस्था वा कम्पनीको भए छाप, व्यक्तिको भए फोटो ५/५ प्रति
  3. मू.अ.क. वा आयकर सम्बन्धी प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र र नवीकरण भएको प्रमाणपत्रको छायाँप्रति ।
  4. छापाखाना सञ्चालन गर्नेको नागरिकताको छायाँप्रति ।
  5. छापाखाना सञ्चालन गर्ने स्थानको घरजग्गाको प्रमाणको छायाँप्रति, घर जग्गा अन्य व्यक्तिको नाममा भए निजको मञ्जुरीनामाको कागज, छापाखाना रहने स्थानको लोकेशन नक्सा ।
  6. छापाखाना उपकरणहरु खरिद गरेको वा नामसारी भई आएको भए सो समेतको प्रमाणपत्र

प्रक्रिया पूरा भएपछि सोही दिन ।

रु.१०००।

सम्बन्धित प्रशासकीय अधिकृत र ना.सु.

२०८

स.प्र.जि.अ.

पेश गरिएका सबै छायाँप्रतिहरुको सक्कल देखाउनुपर्नेछ ।

९.

शैक्षिक प्रमाणपत्र (SLC / SEE र कक्षा १२ सम्म) को नामथर/उमेर फरक परी सच्याउनु परेमा

  1. सक्कलै नागरिकता प्रमाणपत्र।
  2. शैक्षिक प्रमाणपत्र तथा सम्बन्धित अन्य कागजात
  3. सम्बन्धित स्थानीय तहको सिफारिस ।
  4. शिक्षा विकास तथा समन्वय इकाई वा सम्बन्धित शैक्षिक संस्थाको सिफारिस ।

सोही दिन ।

रु.१० को टिकट ।

प्र.जि.अ., स.प्र.जि.अ.,

सम्बन्धित प्रशासकीय अधिकृत

२०८

प्र.जि.अ.

शैक्षिक प्रमाणपत्र प्राप्त गरेको मितिले ५ वर्षभित्र र मिति २०८०/०५/१८ भन्दा अघिको प्रमाणपत्रको हकमा २०८२/०५/१७ सम्म मात्र सच्याउन सकिने ।

१०.

कुनै व्यहोरा प्रमाणित ।

  1. व्यहोरा खुलेको निवेदन ।
  2. स्थानीय तहको सिफारिस ।
  3. माग भएको व्यहोरासँग सम्बन्धित अन्य कागजात ।
  4. नागरिकताको छायाँप्रति ।

आवश्यक जाँचबुझ गरिसके पश्चात

रु.१० को टिकट ।

सम्बन्धित प्रशासकीय अधिकृत र ना.सु.

२०८

स.प्र.जि.अ.

आवश्यक परे प्रहरी प्रतिवेदन माग गर्न सकिने ।

११

हातहतियार इजाजत/नामसारी/नविकरण/इजाजतपत्रको प्रतिलिपी सम्बन्धी

११.१

हातहतियार इजाजत

  1. तोकिएको ढाँचामा निवेदन ।
  2. नागरिकता प्रमाणपत्रको छायाँप्रति
  3. निरोगिताको प्रमाणपत्र ।
  4. प्रहरी प्रतिवेदन ।

आवश्यक जाँचबुझ गरिसके पश्चात

रु.१० को टिकट र हातहतियार तथा खरखजाना ऐन, २०१९ र नियमावली, २०२८ बमोजिम

स.प्र.जि.अ.,

सम्बन्धित प्रशासकीय अधिकृत

२०८

प्र.जि.अ.

 

११.२

हातहितयार नामसारी

  1. इजाजतपत्र र दुईपक्षबीच नामसारी सम्बन्धी लिखत ।
  2. नागरिकताको छायाँप्रति ।
  3. लिने व्यक्तिको निरोगिताको प्रमाणपत्र ।
  4. प्रहरी प्रतिवेदन ।

आवश्यक जाँचबुझ गरिसके पश्चात

रु.१० को टिकट र हातहतियार तथा खरखजाना ऐन, २०१९ र नियमावली, २०२८ बमोजिम

स.प्र.जि.अ.,

सम्बन्धित प्रशासकीय अधिकृत

२०८

प्र.जि.अ.

 

११.३

हातहतियार नवीकरण ।

  1. तोकिएको ढाँचामा निवेदन ।
  2. नागरिकता प्रमाणपत्रको छायाँप्रति
  3. सक्कल इजाजतपत्र ।

सोही दिन ।

रु.१० को टिकट र हातहतियार तथा खरखजाना ऐन, २०१९ र नियमावली, २०२८ बमोजिम

सम्बन्धित प्रशासकीय अधिकृत र ना.सु.

२०८

स.प्र.जि.अ.

 

११.४

हातहतियार इजाजत प्रतिलिपि ।

  1. तोकिएको ढाँचामा निवेदन ।
  2. नागरिकता प्रमाणपत्रको छायाँप्रति

 

आवश्यक जाँचबुझ गरिसके पश्चात

रु.१० को टिकट र हातहतियार तथा खरखजाना ऐन, २०१९ र नियमावली, २०२८ बमोजिम

सम्बन्धित प्रशासकीय अधिकृत र ना.सु.

२०८

स.प्र.जि.अ.

 

१२.

शान्ति सुरक्षा, ठाडो उजुरी ।

  1. व्यहोरा खुलेको निवेदन ।
  2. नागरिकताको छायाँप्रति ।

सोही दिन ।

रु.१० को टिकट ।

प्र.जि.अ/

स.प्र.जि.अ.

२०८

प्र.जि.अ.

 

१३.

गुनासो तथा अन्य निवेदन

  1. व्यहोरा खुलेको निवेदन
  2. नागरिकताको छायाँप्रति ।
  3. व्यहोरा  पुष्टि हुने कागज/प्रमाण भए सो समेत
  4.  

यथाशीघ्र ।

रु.१० को टिकट ।

स.प्र.जि.अ/शाखा हेर्ने कर्मचारी ।

२०८

प्र.जि.अ.

 

१४

भारतीय पेन्सन प्रयोजनार्थ नामथर/जन्ममिति/पारिवारिक विवरण लगायत पेन्सनसँग सम्बन्धित

  1. सम्बन्धित वडा कार्यालयको सिफारिस,
  2. निवेदकको नागरिकता प्रमाणपत्रको छायाँप्रति
  3. पेन्सन पट्टा लगायत प्रमाण खुल्ने अन्य कागजहरुको छायाँप्रति

आवश्यक कागजात पेश भएकोमा सोही दिन र नभएकोमा पेश  भएको दिन ।

रु.१० को टिकट ।

प्र.जि.अ/

स.प्र.जि.अ.

स्थानीय प्रशासन शाखा प्रमुख

२०८

प्र.जि.अ.

आवश्यक परे प्रहरी प्रतिवेदन माग गर्न सकिने ।

१५

आदिबासी जनजाती/दलित/

मधेशी प्रमाणित

  1. सम्बन्धित व्यक्तिको निवेदन
  2. सम्बन्धित वडा कार्यालयको सिफारिस,
  3. नेपाली नागरिकता प्रमाणपत्रको छायाँप्रति
  4. अन्य जिल्लाबाट नागरिकता जारी भएको हकमा बसाईसराई प्रमाणपत्रको छायाँप्रति
  5. कर्मचारी परिवारको हकमा सम्बन्धित सरकारी कार्यालयको सिफारिस पत्र

आवश्यक कागजात पेश भएकोमा सोही दिन र नभएकोमा पेश  भएको दिन ।

 

रु. १० को टिकट ।

सम्बन्धित प्रशासकीय अधिकृत र ना.सु.

२०८

स.प्र.जि.अ.

पेश गरिएका सबै छायाँप्रतिहरुको सक्कल देखाउनुपर्नेछ ।

१६

ड्रोन अनुमति

  1. नेपाल नागरिक उड्ड्यन प्राधिकरणमा ड्रोन दर्ता भएको प्रमाणपत्रको छायाँप्रति
  2. मानव रहित हवाई उपकरण(RPA-Drone)उडान सम्बन्धी कार्यविधि, २०७५ बमोजिम कागजात सहितको निवेदन ।

आवश्यक कागजात पेश भएकोमा जाँझबुझ टुङ्गिइ निर्णय भएकै दिन ।

 

रु. १० को टिकट

सम्बन्धित प्रशासकीय अधिकृत र ना.सु.

२०८

स.प्र.जि.अ.

पेश गरिएका सबै छायाँप्रतिहरुको सक्कल देखाउनुपर्नेछ ।

नोटः-

  1. स.प्र.जि.अ. बाट गुनासो फछर्यौट हुन नसकेमा वा निजको सम्बन्धमा गुनासो भएमा प्र.जि.अ. समक्ष गुनासो राख्न सकिनेछ ।
  2. कार्यालयले आवश्यक देखेमा कुनै पनि प्रमाणपत्र जारी गर्नुपूर्व प्रहरी सर्जमिन मुचुल्का / थप प्रमाण माग गर्न सकिनेछ ।
  3. यस कार्यालयसँग सम्बन्धित अन्य कुनै जानकारी आवश्यक परेमा निम्न नम्बरहरुमा सम्पर्क राख्न सकिनेछ ।

          8सूचना अधिकारीः      ९८५८७८४८२    8 सहायक प्रमुख जिल्ला अधिकारी: ९८५८७७५६६६     8प्रमुख जिल्ला अधिकारीः ९८५८७३७७७


Last Updated : 2083-02-19 15:18:10

© All Rights Reserved to District Administration Office, Kanchanpur .